प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन

काठमाडाैं | साउन २०, २०८१

प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । 

    
एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उहाँले केही अगाडि अभिनय गर्नुभएको थियो । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । 


तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्...”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वराङ्कन गर्नुभएको चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिनुभयो ।

    
चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गर्नुभएकोप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ”, निर्देशक ढुङ्गानाले भन्नुभयो । 

    
चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गर्नुभएको छ । 

    
शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा  मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गर्नुभएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्